नियम ३७
धितोपत्र व्यवसायीले पेश गर्नु पर्ने विवरण तथा प्रतिवेदनदन

धितोपत्र व्यवसायीले आर्थिक वर्ष समाप्त भएको चार महीना भित्र गत आर्थिक वर्षको नाफा नोक्सान वासलातको हिसाबको अतिरिक्त देहाय बमोजिमका आर्थिक विवरण तथा प्रतिवेदन धितोपत्र बोर्डमा पेश गर्नुपर्नेछ ः–
(क) नगद प्रवाह सम्बन्धी विवरण,
(ख) धितोपत्र कारोबार सम्बन्धी विवरण
(ग) धितोपत्र कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा वा प्रतिक्रिया सम्बन्धी प्रतिवेदन,
(घ) बोर्डले तोकिदिएको अन्य विवरण ।